खदम खोला दोहन र जनआक्रोश (तस्बिर)

विराटनगर । क्रसर उद्योगले मोरङको केराबारीस्थित खदम खोलामा जथाभावी उत्खनन् गर्ने क्रम रोकिएको छैन । खोलाबाट हुने अनियन्त्रित उत्खनन्ले त्यहाँका स्थानीय आजित भएका छन् । स्थानीयले आइतबार खोला दोहनको विरुद्धमा क्रसर उद्योगमै पुगेर विरोध जनाए । उनीहरुले गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले खोला दोहनमा मिलेमतो गरेको भन्दै गाउँपालिका घेराउ गरेका छन् ।

खोला किनारमा ठूल्ठूला खाल्डा बनाएको र खोलामा च्यानल बनाउनु पर्नेमा किनाराबाट गिट्टी खनेर लैजानाले बस्ती नै जोखिममा परेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

केही तस्बिरहरु

आइतबार, १६ फागुन, २०७७, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर