सिडिओ सरुवामा गृहभित्रै असन्तुष्टि

काठमाडौं । वर्हिगमनको मुखमा रहेको सरकारले शुक्रबार गरेको सिडिओ सरुवा विवादमा परेको छ । चलखेलका आधारमा र मापदण्ड मिचेर सरुवा भएको भन्दै गृह मन्त्रालयभित्रै असन्तुष्टि देखिएको छ ।

मन्त्रालयले ३६ जिल्लाका सिडिओ सरुवा गरेको थियो । जसमध्ये अधिकांश जिल्लामा अवधि नपुगी हेरफेर गरिएको छ । यसरी सरुवा गर्दा मन्त्रालयमा ठूलो आर्थिक चलखेल भएको स्रोतको भनाई छ । गृहमन्त्री रामबहादुर थापा बादलको सहयोगी र गृहसचिव महेश्वर न्यौपानेले सरुवामा आर्थिक चलखेल गरेको बताइएको छ । कतिपयलाई २ महिनामै समेत सरुव गरिएको छ । सचिव न्यौपानेका आफन्त सुरेश न्यौपानेलाई बाग्लुङबाट सिन्धुलीको सिडिओमा पठाइएको छ । उनी गृहको अनुभव नभएका कर्मचारी हुन् ।

सरुवा प्रति केही सडिओले सार्वजनिक रुपमा प्रश्न उठेका छन् । ताप्लेजुङका सिडिओ झरेन्द्र प्रसाद चापागाईको करिब ६ महिनामा नै सरुवा भएको छ । उनले आफ्ना सरुवाको बारेमा फेसबुकमा स्टाटस लेखेर गृह मन्त्रालयको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘जागिरको २५ औ बर्ष पुरा गर्दै गर्दा ताप्लेजुँग जिल्लाको प्र जि अ भएको १९२ औ दिनमा सरुवा भएको रहेछ । सम्भवत मैले यो जिल्लामा रहेर एकपटक पनि जिल्ला नछोडेको (रमाना मितिदेखि रमाना सम्म) वा अरुको जस्तो राम्रो काम गर्न नसकेको कारण पुरस्कृत गरेको हुन पर्छ ।

कानूनमा मैले पनि स्नातक त गरेकै हो तर कानून भन्दा पनि सामान्य मानवीय सम्वेदनाको विषय बढुवाको लाईनमा बसेको कर्मचारीलाई बढुवा हुन आवश्यक पर्ने २३३ दिनभन्दा पनि कम १९२ दिन प्र जि अ को रुपमा काम गर्ने मौका प्रदान गर्नु भएकोमा मन्त्रालयको विवेकशील नेतृत्व र सरोकारवाला प्रति हृदयदेखि आभार प्रकट गर्दछु । श्री पाथिभरा माताले सबैको कल्याण गरुन ।’

शनिबार, १५ फागुन, २०७७, रातीको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर