इहटरीमा एक अर्बको योजना सञ्चालन

इटहरी । सुनसरीको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्ब बढिको भौतिक संरचना निर्माण हुने बताउनुभएको छ ।

बिहीबार इटहरी ३ को वडा कार्यालय भवन शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत वर्षभन्दा बढि भौतिक निर्माण हुने दावी गर्नुभयो ।

नगरमा ८५ करोडका योजना टेण्डर गरिसकिएको र ४० भन्दा बढि वहुवर्षे योजना टेण्डर प्रक्रियामा रहेको चौधरीले जानकारी दिनुएको छ । गत वर्ष सुरु भएको ५ वटा वहुवर्षे सडक निर्माण भइसकेका छन् । प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका बावजुद पनि इटहरीमा विकासले गति लिएको दावी गर्नुभयो ।

इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो । निर्माण कार्य भइरहदा जनस्तरवाट पनि खबरदारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वडाध्यक्ष बालकृष्ण विष्टले वडा नम्वर तीनमा भौतिक निर्माणको कार्यले गति लिएको बताउनुभयो । उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजार रुपैयाँ लागतमा भूकम्पप्रतिरोधी तथा अपांतामैत्री वडा कार्यालय भवन निर्माण हुने वताउनुभयो ।

यसैबीच इटहरी ३ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीय भट्टराई परिवारले करिव एक करोड मूल्य पर्ने डेढ कठ्ठा जग्गा प्रदान गरेको छ । स्थानीय बलवहादुर भट्टराईको परिवारले वडा कार्यालयका लागि जग्गा प्रदान गरेको हो ।

जग्गामा इटहरी उपमहानगरका प्रमुख चौधरी र उपप्रमुख गौतमले वडा कार्यालय भवनको शिल्यान्यास गर्नुभयो ।

शुक्रबार, १४ फागुन, २०७७, बिहानको ११:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर