कोशी सांस्कृतिक प्रतिष्ठानले वृहद सांस्कृतिक कार्यक्रम गर्दै

विराटनगर । कोशी सांस्कृतिक प्रतिष्ठान, नेपालले शनिबार विराटनगरमा वृहत जनसांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । जनसांस्कृतिक गतिविधिको प्रवद्र्धन गर्दै जनसाधारणलाई असल संस्कृति सम्बन्धी जानकारी गराउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रतिष्ठानले गत वर्षदेखि जनसांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

विराटनगर १ स्थित बिष्णुमाया पुस्तकालयमा फागुन १५ गते दिउँसो ११ बजेट सांस्कृतिक कार्यक्रम आयोजना हुने प्रतिष्ठानका अध्यक्ष शशिकिरणले जानकारी दिनुभएको छ ।
सांस्कृतिक कार्यक्रममा कविहरुले कविता वाचन गर्ने छन् भने जनकलाकारहरुबाट नृत्य प्रदर्शन हुनेछ । झोराहाट नाट्य समूहले कार्यक्रममा नाटक प्रस्तुत गर्नेछ । कमेडियन सुमन कोइराला (दले दाइ)ले कार्यक्रममा विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ ।

कविह? सिमा आभाष, शशिकिरण, भरत गुरागाई र मिनकुमार नवोदित लगायतले कविता वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । वृहत सांस्कृतिक कार्यक्रममा निशूल्क सहभागिता जनाउन सकिने र विशेष क्षमता भएका युवा पुस्ताले अग्रिम अनुमति लिएर प्रस्तुति गर्नसक्ने आयोजकले जनाएको छ ।

 

बिहिबार, १३ फागुन, २०७७, साँझको ०५:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर