पाँच वर्ष अघि नै म्याद सकिएको दाल बजारमा

आयातकर्तालाई तीन लाख जरिवाना

विराटनगर । पाँच वर्ष अगाडि नै म्याद सकिएको खाद्यवस्तु बिक्री वितरण गरेको पाइएपछि विराटनगर–७ नेपाल राष्ट्र बैंक अगाडि रहेको जैसानी ट्रेड कन्सनलाई तीन लाख रुपैयाँ जरिवना गरिएको छ ।

उपभोक्ता स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै ५ वर्ष अगाडि म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर बिक्री वितरण गरेको भेटिएपछि उद्योग, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवना गरेको हो ।

जैसानी टे«डले विदेशी ब्राण्डको टोर नाम गरेको ‘रहर’ को दाल भारतदेखि आयत गर्दछ । उक्त रहरको दालको म्याद सकिएको बोरामा नयाँ लेबल लगाएर बजारमा बिक्री बितरण गरेको पाइएको हो ।

निखिल जैसानी बोहोरा प्रोपाइटर रहेको जैसानी ट्रेड कन्सनले बिदेशी ब्राण्डका रहरको दाल आयत गरि विराटनगरसहित देशभरी सप्लाई गर्दै आएको छ । बोहोराले आयत गरेको विदेशी ब्राण्डको रहरको दाल ठूलो परिमाणमा म्याद सकिएको अवस्थामा भेटिएको छ ।

अनुगमनको क्रममा गम्भीर लापरबाही गरेको भेटेपछि भारतदेखि खाद्यपस्तुको आयतकर्ता जैसानी टे«डलाई ३ लाख रूपैयाँ जरिवाना गरिएको हो । उद्योग वार्णिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा बुधबार गरेको अनुगमनको क्रममा जैसानी टे«ड कन्सनको गोदाममा मात्र बिदेशी ब्राण्डका म्याद सकिएको ४० टन रहरको दाल बरामद गरिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । १५ केजी तौल भएको बोरा २ हजार ७ सय थान म्याद सकिएको बरामद भएको छ ।

बजारमा पनि म्याद सकिएको ठूलो परिमाणमा रहरको दाल पठाएको हुनसक्ने भएकोले वाणिज्य कार्यालयले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । सन् २०१३ मा उत्पादन भएको टोर नामको रहरको दालको म्याद सकिने मिति २०१५ रहेको छ । तर, बोहाराले उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा फेला परेको हो ।

म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल(स्टिकर) राखेर बिदेशी ब्राण्डको रहरको दाल बजारमा पठाउने गरेको पाइएको अनुगमन टोलीले जनाएके छ । ‘म्याद सकिएको खाद्यबस्तुको बोरामा नयाँ उपभोग्य मिति भएको लेबल राखेर बिक्री वितरण गरेको कसुर हो’ पोखरेललmे भन्नुभयो, ‘यो कसुर उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिमको भएकोले ३ लाख रूपैयाँ जरिवना गरिएको छ ।’

बिक्री गर्न गोदाममा स्टकमा राखिएको दाल बिक्री वितरणमा तत्काल रोक लगाएको कार्यालयले जनाएको छ । थप अनुसन्धानपछि म्याद सकिएको रहरको दाल नष्ट गरिनेछ ।

जैसानी टे«ड कन्सनले बजारमा पनि उपभोग्य म्याद सकिएको पठाएको दाल पठाएको खुलेको छध । विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एण्ड सप्लायर्स र ओम किराना पसलमा जैसानी ट्रेडले पठाएको उपभोग्य म्याद सकिएको रहरको दाल भेटिएको हो ।

अनोखी टे«ड एण्ड सप्लार्यमा १२ बोरा र ओम किराना पसलमा ३ बोरा त्यस्तो दाल बरामद भएको वाणिज्य कार्यालयले जनाएके छ । कार्यालयले अनोखीलाई २० हजार र ओम किरानलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो । सुरुवातमा ती पसलको अनुमगनपछि जैसानीमा अनुगमन टोली पुगेको थियो ।

बिहिबार, १३ फागुन, २०७७, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर