बामदेवद्वारा पार्टी सचिवालयको बैठक बोलाउन माग

विराटनगर । संसद पुनःस्थापना भएसँगै आफ्नो पदबाट राजिनामा दिन प्रधानमन्त्री तथा केपी ओली समक्ष नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले माग गरेका छन् ।

गौतमले आज बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्नेमा जोड दिएका हुन् । उनले सर्वोच्चको फैसला आएको फागुन ११ को दिन ऐतिहासिक महत्वको भएको बताएका छन् ।

‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमको भनाइ छ, ‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु।’

गौतमले आफ्ना तीन माग गरहेको बताउँदै सम्माननीय राष्ट्रपतिले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त राजीनामा दिनु पर्ने र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तुरुन्तै धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउनुपर्ने उल्लेख गरेका छन् ।

बुधबार, १२ फागुन, २०७७, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर