दुहबीमा ट्राफिकले चालकलाई नमस्कार गर्दै भने, ‘हर्न नबजाउनु ल’

दुहबी । सुनसरीको दुहबीमा सोमबार ट्राफिक प्रहरीले चालकलाई नमस्कार गर्दै गर्दा यात्रु तथा सर्वसाधारण अचम्मित बने ।

ट्राफिक प्रहरीको नौलोशैली देखेर यात्रु तथा सर्वसाधारण केही भएको हो कि भनी भेला भए । अन्य बेलामा चालकको अनुमति पत्र, ब्लू बुक र गाडीको कागजात हेरिरहेका देख्ने ट्राफिक प्रहरीलाई फरक रूपमा देख्दा यात्रु तथा सर्वसाधारण अचम्मित बनेका हुन् । ट्राफिक प्रहरीले चालकहरूलाई प्रदेश १ ‘हर्न निषेधित क्षेत्र घोषणा’ क्षेत्र भइसकेको जनाउ दिँदै नमस्कार गरेका हुन् ।

‘चालकहरूलाई कृपया हर्न नबजाई दिन आग्रह स्वरूप नमस्कार गरेका हौं’ भनेर ट्राफिक हवल्दार प्रकाश कुमार साहले भनेपछि यात्रु तथा सर्वसाधारण ‘ए’ भन्दै बाटो लागे ।

सोमबार बिहान १० बजेतिर दुहबी हुदै विभिन्न स्थानका लागि छुट्ने बसका चालकहरूलाई नमस्कार गर्दै अनुरोध गरिएको थियो । दुहबी ट्राफिक प्रहरीले सवारीका चालकलाईहरुलाई नमस्कार गर्दै हर्न नबजाउन अनुरोध गरिएको थियो ।

‘हामीले ३० सकेन्डदेखि १ मिनेटसम्म चालकहरूलाई सम्झाई बुझाई गर्ने कार्यक्रम गरेका हौं’ अस्थायी ट्राफिक कार्यलय दुहबीका प्रमुख गोपाल श्रेष्ठ बताए ।

प्रदेश १ मा कार्यरत ट्राफिक प्रहरीले एकसाथ सबै क्षेत्रमा १० बजे नै चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम गरेको थियो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमातहतमा सम्पूर्ण ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम रहेको थियो ।

जसमा बस, ट्रक, ट्याक्टर, तथा अन्य सवारी साधनलाई पनि आग्रह गरिएको थियो । प्रदेश १ को १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा युनिट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

सोमबार, १० फागुन, २०७७, साँझको ०५:०३ बजे

प्रतिक्रिया

  1. राम्रो काम हो हामी आफ्नै लागी हो म हाल सऊदी मा कार्य रत छु यहा का मन्छे हरु पनी त्यसरि जथाभाबी होरन बजाऊदैन म पनी ड्राईवर हो म पनी होरन बजौदिन tnx

प्रतिक्रिया:

सम्बन्धित खवर