प्रदेश १ मा को–को बने नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष र सचिव

विराटनगर । नेकपा प्रचण्ड –नेपाल पक्षले प्रदेश १ का मोरङबाहेकका १३ जिल्लाको जिल्ला नेतृत्व चयन गरेको छ ।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भएको सहमति अनुसार ६५ जिल्लाको नेतृत्व चयन भएको हो । जस अनुसार ताप्लेजुङ अध्यक्षमा विजय वनेम, सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथरमा कमल जवेगु, सचिवमा होमप्रसाद जवेगु, इलाममा अध्यक्ष भक्त केसी , सचिवमा सोममाया राई र झापामा अध्यक्ष वेदराज रेग्मी र सचिवमा मणिकुमार साङपाङ चयन भएका छन् ।

त्यसैगरी सुनसरी अध्यक्षमा योगेन्द्र मण्डल, सचिवमा रमेश बस्नेत, धनकुटा अध्यक्षमा दुर्गा लिंखा, सचिवमा ऋषिराम ढुंगाना, तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी , सचिवमा इन्द्रबहादुर इम्सुङ, संखुवासभा अध्यक्षमा हेमराज घिमिरे र सचिवमा कृष्ण याख्या, भोजपुरमा अध्यक्ष शरण राई र सचिवमा विमल खड्का चयन भएका छन् ।

खोटाङमा अध्यक्ष देवान चाम्लिङ, सचिव जलशेर राई, सोलुखुम्बु अध्यक्षमा गोम्बु शेर्पा र सचिव डिल्ली राई, ओखलढुंगा अध्यक्षमा मोहनबहादुर खड्का , सचिवमा हर्कबोल राई र उदयपुरको अध्यक्षमा विनोद कटुवाल र सचिवमा इश्वरमणि राउत चयन भउका छन् ।

मोरङमा भने नेतृत्व विवाद नटुगिंएका कारण नेतृत्व चयन नभएको नेकपा स्रोतले जनाएको छ ।

सोमबार, १० फागुन, २०७७, दिउँसोको ०४:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर