विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ ।

कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने बताइएको छ ।

परीक्षा बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । बोर्डले बाँकी ६० अंक कक्षा ११ र १२ को आन्तरिक मूल्यांकनका आधारमा जोडेर नतिजा सार्वजनिक गरेको हो ।

गत वैशाख महिनामा हुनुपर्ने परीक्षा लकडाउनका कारण रोकिएको थियो । उक्त परीक्षा मंसिर महिनामा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएका थिए ।