दलको नेताको पद निलम्बन भइसक्योः उपनेता

विराटनगर । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अविश्वास प्रस्ताव खेपेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दलको नेताबाट निलम्बित भइसकेको नेकपाको प्रदेशसभा संसदीय दलका उपनेता टंक आङ्बुहाङले बताउनुभयो ।

नेकपाको संसदीय दलको विधान अनुसार दलका बहुमत सदस्य ३७ जनाले दलको नेता राई विरुद्ध अविश्वास प्रस्ताव पेश गरेकोले उहाँको पद निलम्बन भएको आङ्बुहाङको भनाइ छ ।

आइतबार नेकपाका ६७ प्रदेशसभाका सदस्यमध्ये ३७ जनाले संसदीय दलका उपनेता आङ्बुहाङलाई मुख्यमन्त्रीसमेत रहेका राईलाई दलको नेताबाट हटाउन मागसहितको हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाउनेलाई राईले स्पष्टिकरण साधेर पत्र पठाएपछि उपनेता आङ्बुहाङले बहुमत सदस्यले अविश्वास राखिसकेको नेतासँग स्पष्टिकरण सोध्ने हैसियत नभएको बताउनुभएको हो ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक बुध्दिकुमार राजभण्डारीले राईको निर्देशनमा १९ जना सांसदलाई २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन पत्रचार गर्नुभएको थियो । दलका उपनेता आङ्बुहाङले भने दलको विधान अनुसार नेता विरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यसबारे छलफल गर्न आपूmले पुस १९ गते ११ बजे संसदीय दलको बैठक बोलाएको जानकारी दिनुभएको छ ।

प्रदेशसभाका सदस्यहरुलाई दलको बैठकको जानकारी पठाइसकेको आङ्बुहाङले बताउनुभयो । उहाँले दलको नेता रहेका मुख्यमन्त्री राईलाई बहुमत सदस्यको अविश्वास प्रस्ताव दलमा आएकोले दलको नेताको हैसियतले कुनैपनि काम नगर्नु नगराउनु भनि लिखित पत्र पठाउनुभएको छ ।

प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट रहेको प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये बहुमत सांसदले प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध र संसदीय दलमा दलको नेता विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविवास प्रस्ताव दर्ता भएसँगै सरकार संकटमा छ ।

प्रदेश १ मा सरकार निर्माणको लागि ४७ सिट आवश्यक पर्छ । नेकपा विभाजित भएको अवस्थाामा दुई वा सोभन्दा बढि दलको सहकार्यमा मात्र सरकार बन्ने अवस्था रहेकाले दलहरुले द्विपक्षीय छलफललाई निरन्तरता दिएका छन् ।

मङ्गलबार, १४ पुष, २०७७, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर