विराटनगर। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरुद्ध प्रचण्ड र माधबकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार प्रदर्शन गरिरहेको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गर्दै विराटनगरमा अहिले जुलुस सुरु भएको छ ।
विरेन्द्र सभागृहबाट सुरु भएको जुलुले अहिले नगर परिक्रमा गरिरहेको छ । जुलुसले नगर परिक्रमापछि जनआन्दोलन चोकमा पुगेर सभामा परिणत हुनेछ ।