काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको हो ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गर्नुभएको हो । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको हो। ओली पक्षका मुख्यमन्त्री रहेका प्रदेश १ र बागमती प्रदेशमा उनीहरूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ।