अध्यक्ष ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटीको बैठक सुरु

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक काठमाण्डौको धुम्बाराही स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

कोरोना संक्रमण भयावह भएको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा अनुपस्थित हुनुभएको छ । अध्यक्ष ओलीको अनुपस्थितिका बीच स्थायी समितिको बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष ओली निकट सदस्यहरुको भने सहभागिता रहेको छ । पार्टी सचिवालयबाटै दुई अध्यक्षले पेश गरेको प्रतिवेदनको बारेमा टुंगो लगाउनु पर्ने मत राख्दै आउनुभएका अध्यक्ष ओलीले स्थायी समिति बैठकलाई रत्यौलीको संज्ञा दिँदै सहभागी नहुने संकेत दिनुभएको थियो ।

 

आइतबार, २१ मंसिर, २०७७, दिउँसोको ०२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर