लोड हुँदैछ...

मेनु

अपाङ्गतामैत्री प्रदेश निर्माण गर्छौः मन्त्री घिमिरे

अपाङ्गतामैत्री प्रदेश निर्माण गर्छौः मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्गतामैत्री प्रदेश निर्माणमा आफूहरुको जोड रहेको बताउनुभएको छ ।

२९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै मन्त्री घिमिरेले अपाङ्गता पुनस्र्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गतामैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि दावी गर्नुभएको छ ।

प्रदेशका १३७ वटै स्थानीय तहमा करुणा फाउण्डेसनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको मन्त्री घिमिरेले बताउनुभयो । सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ तथा प्रदेशमा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, निजी क्षेत्र, सरोकारवाला व्यक्तिलगायत सम्बद्ध पक्षलाई हातेमालोका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

प्रदेश सरकार गठन भएको तीन वर्षको अवधिमा अपाङ्गताका विषयमा उदाहरणीय कार्य गरेको बताउनुहुँदै मन्त्री घिमिरेले अहिले प्रदेशस्तरीय नीति तर्जुमाको तयारीमा रहेको बताउनुभयो । सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार तथा पुनस्र्थापना, अपाङ्गता भएका व्यक्तिहरुका लागि सूचना, सहायता र परामर्श सेवाको सञ्चालन, प्रदेशस्तरीय अपाङ्गता समन्वय समित गठनलगायतका कार्य गरिएको उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रयास जारी रहेको बताउँदै मन्त्री घिमिरेले अपाङ्गता अधिकार संवन्धि महासन्धि व्यवस्थाको कार्यन्वयन, अपाङ्गता अधिकार संवन्धि ऐन २०७४ मा उल्लेख भएका प्रावधान कार्यन्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।