विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएकोमा जोड दिनुभएको छ ।
विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको सुरुवात प्रदेश सरकारले गरिसकेको पनि मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धि अनलाईन शिक्षक तालिमको बिहीबार शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो ।
प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा सुरु गरिसकेको बताउँदै मुख्यमन्त्री राईले शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेकोमा जोड दिनुभयो । डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० बर्षभित्रमा प्रदेशबाट किताव र झोला मुक्त गरिने लक्ष्यअनुसार काम भईरहेको बताउनुभयो । कोरोनाका कारण १० वर्षभित्रको लक्ष्य ३ वर्षभित्रमा पुरा हुने देखिएको उहाँले बताउनुभयो । कोरोनाका कारण अहिले अनलाईन शिक्षण विधि सुरु भईसकेको बताउँदै उहाँले किताव र झोलामुक्त प्रदेश चाँडै हुने दावी गर्नुभयो ।
पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षकलाई तालिम सुरु गरिएपनि दशैं अगाबै ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई सूचनाप्रविधि सम्बन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचना प्रविधिको तालिम लिईसकेपछि चेतना, प्रविधि र शीपको भेल आउने उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले प्रविधि अनलाईन तालिमले शिक्षक सिकाईमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो । प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धि शिक्षकहरुमा क्षमता विकास तालिममा ६ सय शिक्षकहरुको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।
सर