ज्येष्ठ नागरिकलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ६० जना ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।

क्लबले बुधबार विराटनगर–८ अशोक चौकस्थित विराटेश्वर वृद्धा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागी खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो । कोरोना महामारी विरुद्धको लडाईमा अग्रसर संस्था रोटरी क्लबले सोमबार वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुका लागी ५० किलो चामल, ६० किलो पिठो, १५ किलो दाल, २० लिटर तेल, १० किलो चिनी, ५ किलो चियापत्ती, ५० किलो आलु, २ किलो घ्यु, १० किलो चिउरा, ५ किलो भुजा र २ कार्टुन बिस्कुटका साथै आवश्यक लत्ताकपडा समेत प्रदान गरेको हो ।

बुधबार क्लबकी अध्यक्ष दिप्ती अग्रवाल, सचिव गिरिजा सारडा, र क्लबकी निवर्तमान अध्यक्ष अर्चना तापडिया लगायतले आश्रमका अध्यक्ष जगत अर्याललाई उक्त खाद्यान्न सामाग्री र लत्ताकपडा हस्तान्तरण गर्नुभयो ।

रोटरी क्लबले भने यसअघि पनि विभिन्न स्वास्थ्य संस्था, सुरक्षा निकाय र स्थानीय तहलाई पनि मास्क, स्यानिटाईजर र फेस शिल्ड लगायतका भौतिक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिसकेको छ ।

बिहिबार, १८ भदौ, २०७७, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर