प्याब्सनद्वारा ४० क्विन्टल चामल सहयोग

विराटनगर । विराटनगर प्याब्सनले ४० क्विन्टल चामल र ४ क्विन्टल दाल राहत सहयोग उपलब्ध गराएको छ ।

विराटनगर क्षेत्रमा रहेका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुलीलार्इृ प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले शनिबार राहत सामाग्री हस्तान्तरण गर्नुभयो ।

कोराना भारसका कारण मुलुकमा भएको लकडाउनको समयमा धेरै विपन्न परिवार र मजदुर भोकै हुने अवस्था रहेकोले उनीहरुलाई केही सहयोग होस् भनेर प्याब्सन विराटनगरले चामल र दाल हस्तान्तरण गरेका अध्यक्ष राईले बताउनुभयो । प्रदेश तथा केन्द्रीय प्याब्सनको रोहबरमा पनि प्याब्सन विराटनगरले राहत वितरण गर्ने प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।

शनिबार, २९ चैत, २०७६, साँझको ०५:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर