विराटनगरमा अहिलेसम्म दुई विरामीलाई कोरोनाको आशंका, धरान रेफर

कोशी अस्पतालले बनायो सेनिटाइजर र मास्क

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचार गर्न आएका दुई जनामा कोरोना भाइरस संक्रमणको आशंका गर्दै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।

केही दिन अगाडि विदेशबाट आएका एक व्यक्ति र शुक्रबार आएका अर्का व्यक्तिलाई कोरोनाको आशंका गर्दै कोशीले बिपीको आइसोलेसन वार्डमा रेफर गरेको हो ।

अस्पतालका फिजिसियन डा.लक्ष्मीनारायण यादवले अहिलेसम्म कोशीमा आएका विरामीमध्ये दुई जनामा कोरोनाको आशंका गरेर बीपीमा पठाएको बताउनुभयो । शुक्रबार आएका एक विरामीमा कोरोनाको आशंका गरिएकोमा निजले आफैं बीपीमा जाने भनेर गएको उहाँको भनाइ छ ।

कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रका अनुसार कोशीमा आइसोलेसन वार्ड निर्माण भइनसकेकोले शंका लागेका विरामीलाई धरान पठाउयने गरिएको बताउनुभयो । कोरोनाको लक्षण देखिएकाहरुलाई आइसोलेशन वार्ड सञ्चालनमा रहेको धरान रेफर गरिएको उहाँको भनाइ । बिरामीको पहिचान गोप्य राखिएको छ । उनीहरूको नमूना परीक्षण काठमाडौँ पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रष्ट हुने मेसु डा। मिश्रले बताउनुभयो ।

‘विदेशबाट आउनुभएको रहेछ । ज्वरो, रुघाखोकीको पनि लक्ष्यण देखिएको थियो,’ मेसु मिश्रले भन्नुभयो, ‘शंका गेर आइसोलेसन वार्डमा रेफर गरेका हौं । कोरोना नै हो भन्ने पुष्टि भएको छैन ।’ उहाँले शंका लाग्दा यसरी ज्वरो आएका बिरामीलाई रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था भने नरहेको दाबी गर्नुभयो ।

अस्पतालले खासगरी विदेशबाट आएकाहरूको सवालमा भने विशेष सावधानी अपनाउँदै आएको जनाएको छ ।

कोशी अस्पतालले बनायो सेनिटाइजर र मास्क
कोशी अस्पतालले कर्मचारी, चिकित्सक र बिरामीका लागि आफैं सेनिटाइजर र मास्क उत्पादन गरेको छ ।

बजारमा मास्क र सेनिटाइजको चरम अभाव भएपछि कोसी अस्पतालले आफ्ना चिकित्सक, कर्मचारी तथा बिरामीको लागि आफै सेनिटाइजर तथा मास्क बनाएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्पिरिटसहितका केमिकल्सको मिश्रणबाट सेनिटाइजर बनाइएको हो । अस्पतालले ‘डबल लेयर’ को मास्क पनि बनाएको छ ।

तत्काललाई कर्मचारी, स्वास्थ्यकर्मी र बिरामीलाई उपलब्ध गराउने गरी सेनिटाइजर बनाइएको कोशी अस्पतलाका मेसु डा. संगीता मिश्रले जानकारी दिनुभयो । बजारमा अभाव देखिएकोले हामीले मादपण्ड पु¥याएर साधनको मिश्रणबाट सेनिटाइजर बनाएको उहाँले बताउनुभयो ।

अस्पताल परिसरभित्र हात धुनको लागि पानी र साबुनको पनि व्यवस्था गरिएको छ । ती सामाग्री अस्पतालका सेवाग्राहीलाई प्रदान गरिने डाक्टर मिश्रले बतायनुभयो ।

शुक्रबार, ३० फागुन, २०७६, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर