इलाम । इलामको देउमाई नगरपालिका–८ आमबोटेमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा एक पुरुषको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ०९ः४५ बजे सोही स्थान बस्ने ६० वर्षीय मनबहादुर मगरले छिमेकी रामबहादुर मगरको घरमा खाना खाने क्रममा हड्डी घाँटीमा अड्किएपछि ज्यान गएको स्थानीयले बताएका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलबारेमा खबर पुगेपछि प्रहरी चौकी जितपुरबाट प्रहरी सहायक निरीक्षक जिवनकुमार गिरीको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त टोली बिहान १०ः३० बजे घटनास्थलमा पुगेर स्थान सुरक्षित राखेको प्रहरीले जनाएको छ।
त्यसपछि घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी नायब निरीक्षक रामहरि के.सी.को कमाण्डमा अपराध अनुसन्धान टोली खटिएको छ। साथै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक मौसम उदासको टोली पनि घटनास्थलमा पुगेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।