विराटनगर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भई १३ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन नगरपालिका ८ का ५० वर्षीय कुल बहादुर न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार न्यौपानेविरुद्ध वि.सं. २०६९ पुस २४ गते मानव बेचबिखन तथा ओसारपसारको कसूरमा मुद्दा दर्ता भएको थियो। घटना भएलगतै फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका ६ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका न्यौपानेलाई आवश्यक कानुनी कारबाहीका लागि संखुवासभा जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतले थप अनुसन्धानका लागि उनलाई पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राख्न अनुमति दिएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।