लोड हुँदैछ...

मेनु

हावाहुरीले हलेसी एफएमको टावर भाँचिँदा प्रशारण अवरुद्ध

हावाहुरीले हलेसी एफएमको टावर भाँचिँदा प्रशारण अवरुद्ध

खोटाङ । हावाहुरीका कारण हलेसी एफएम (१०२.४ मेगाहर्ज) को रिपिटर टावर भाँचिएको छ।

फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको तीव्र हावाहुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भत्काएको हो। टावर भाँचिएपछि रेडियोको प्रशारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राई का अनुसार हावाहुरी सुरु हुने बित्तिकै सुरक्षा सतर्कताका कारण प्रशारण बन्द गरिएको थियो। पछि हावाहुरीले टावर नै ढालेपछि उपकरण भुइँमा थुप्रिएको अवस्थामा पुगेको छ।

यसैबीच, टावर नजिकै रहेको दुई भवनमध्ये एकको जस्ताको छाना पनि उडाएको छ भने विद्युतका दुई वटा पोलसमेत ढालेको जनाइएको छ।

हावाहुरीका कारण खोटाङका विभिन्न स्थानमा दर्जनौं घर तथा विद्यालयका छाना उडेको प्रारम्भिक जानकारी आएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङ का डीएसपी प्रकाश बुढाथोकी ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।