काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार, कालोबजारी वा बढी मूल्य लिने कार्य भइरहेको पाइएमा तत्काल खबर गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र अभावलाई बहाना बनाएर आन्तरिक बजारमा ग्यासको अवैध कारोबार हुनसक्ने भन्दै विभागले सतर्कता अपनाएको हो। विभागले यस्तो अवैध कार्यको कुनै पनि सूचना वा जानकारी भए टोल फ्री नम्बर ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन अनुरोध गरेको छ।
पछिल्ला दिनमा बजारमा खाना पकाउने ग्यासको कालोबजारी बढेको, कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाइएको र निर्धारित मूल्यभन्दा बढी लिएर बिक्री गरिएका गुनासाहरू आएपछि विभागले यस्तो कदम चालेको हो। आमउपभोक्तालाई ठगीबाट जोगाउन र बजार अनुगमनलाई प्रभावकारी बनाउन विभागले निःशुल्क टेलिफोनमार्फत सूचना उपलब्ध गराउन आह्वान गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।