काठमाडौँ । चर्चित कलाकार दीपकराज गिरीले मुलुकको सर्वोच्च निकाय संसद्मा महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुको मुख्य श्रेय तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कलाकार गिरीले वर्तमान राजनीतिक परिवर्तन र समावेशी चरित्रको आधार जनयुद्ध नै भएको उल्लेख गरेका हुन्। उनले राज्यको मूल प्रवाहमा पछाडि पारिएका समुदायको उपस्थिति देखिनुमा माओवादी आन्दोलनको ऐतिहासिक भूमिका रहेको स्वीकार गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा यत्रा महिलाहरू, दलित, उत्पिडित वर्गको प्रतिनिधित्व१ यस्को श्रेय चाहिँ माओवादी जनयुद्धलाई नै जान्छ। इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ।’
विगतको सशस्त्र विद्रोह र त्यसले ल्याएको चेतनाका कारण नै अहिलेको संसद्मा समावेशी स्वरूप सम्भव भएको उनको तर्क छ। गिरीले इतिहासको सही मूल्याङ्कन र सम्मान गर्नुपर्नेमा जोड दिँदै ऐतिहासिक तथ्यलाई भुल्न नहुने बताएका छन्।
पछिल्लो समय सामाजिक र राजनीतिक विषयमा प्रस्ट धारणा राख्दै आएका गिरीको यो टिप्पणीलाई सामाजिक सञ्जालमा निकै चासोका साथ हेरिएको छ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।