लोड हुँदैछ...

मेनु

जेएनएल महिला फुटसल : धरानको यर्सा एफसी च्याम्पियन

जेएनएल महिला फुटसल : धरानको यर्सा एफसी च्याम्पियन

विराटनगर । महिला फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विराटनगरमा आयोजित ‘तेस्रो जेएनएल महिला फुटसल प्रतियोगिता’को उपाधि धरानको यर्सा एफसीले जितेको छ।

विराटनगरस्थित नेक्सस लाउन्जको कोर्टमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक फाइनल खेलमा नयाँ टोली यर्सा एफसीले साविक विजेता बिराट मेघा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि चुम्न सफल भयो।

फाइनल प्रवेशका लागि भएको पहिलो सेमिफाइनलमा साविक विजेता बिराट मेघाले बुढीगंगा एफसीलाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। त्यसैगरी, दोस्रो सेमिफाइनलमा धरानको यर्सा एफसीले महेन्द्र मोरङ एमएमएएमसी टोलीलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

प्रतियोगिताको विजेता बनेको यर्सा एफसीले आकर्षक ट्रफीसहित नगद ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको बिराट मेघा एफसीले ट्रफी र नगद ५ हजार रुपैयाँ प्राप्त गर्‍यो।

जेएनएल फिटनेस सेन्टर, बिसीएफ विराटनगर र जाम्बोरीद्वारा संयुक्त रूपमा आयोजित यो प्रतियोगिता यस क्षेत्रमा महिला फुटबलको गतिविधि बढाउन र खेलाडीहरूलाई व्यावसायिक मञ्च प्रदान गर्न महत्त्वपूर्ण साबित भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds