ताप्लेजुङ। वर्षासँगै चलेको हावाहुरीले ताप्लेजुङमा क्षति गरेको छ । आज दिउँसो चलेको हावाहुरीले मेहेले, लिम्बूदिन, सादेवा, साम्लाखुभन्ज्याङलगायतका स्थानमा क्षति पुर्याएको स्थानीयले जानकारी दिए ।
हावाहुरीका कारण कयौं घरको छाना उडाएको छ भने विद्युत्, इन्टरनेट र यातायात अवरुद्ध भएको बताइएको छ ।
हावाहुरीका कारण सिदिङवा गाउँपालिकाको साब्लाखु भन्याङमा सरस्वती माध्यमिक विद्यालय साब्लाखुको छाना हावाहुरीले उडाएको छ । मेहेलेको चुङबुङमा टीका राईको घर र नजिकैको विद्यालय भवनमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । प्रहरीले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।