लोड हुँदैछ...

मेनु

राप्रपाबाट समानुपातिक सिटका चार सांसद सिफारिस

राप्रपाबाट समानुपातिक सिटका चार सांसद सिफारिस

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ प्रतिनिधिसभामा जाने चार जनाको नाम टुंगो लगाएको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ पाएको चार सिटका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

राप्रपाले खसआर्य पुरुषतर्फ भरत गिरी (महोत्तरी), मुस्लिम पुरुषतर्फ ताहिर अली (रूपन्देही), खसआर्य महिलातर्फ खुस्बु ओली (झापा) र जनजाति महिलातर्फ सरस्वती लामा (धादिङ)को नाम सिफारिस गरेको छ। नामावली निर्वाचन आयोग नेपाल मा पठाइसकिएको पार्टीले जनाएको छ।

राप्रपाले यसपटक प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ४ सिट र प्रत्यक्षतर्फ १ सिट जितेको छ। जुम्लाबाट ज्ञानेन्द्र शाहीले प्रत्यक्षतर्फ जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।