धरान । इलाका प्रहरी कार्यालय धरानको टोलीले छापा मारेर दुई होटल सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ।
धरान–१२ चतरालाइनस्थित कुन्साङ होटल र सैनिक दिक्तेल होटलमा छापा मार्दा यौन व्यवसाय भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कार्यालयका डिएसपी भिषणबाबु राईका अनुसार होटलमा गैरकानुनी धन्दा चलाएको सूचनाका आधारमा छापा मारिएको थियो । पक्राउ पर्नेहरूको बारेमा प्रहरीले थप जानकाकरी दिएको छैन ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको र प्रमाणित भएमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। होटेलहरूमा यौन व्यवसाय सञ्चालन हुने क्रम बढेको सूचनाका आधारमा विशेष निगरानीपछि छापा मारिएको डिएसपी राईले बताए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।