लोड हुँदैछ...

मेनु

रास्वपाका ५७ समानुपातिक सांसदको सूची टुंगो, नाम गोप्य

रास्वपाका ५७ समानुपातिक सांसदको सूची टुंगो, नाम गोप्य

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा जाने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नामावली तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना चयन गरिएको छ। नामावली आइतबार नै निर्वाचन आयोग नेपालमा बुझाउने पार्टीले जनाएको छ । आयोगले सूची रुजु र प्रमाणित गरेपछि मात्रै उम्मेदवारहरूको नाम सार्वजनिक गरिने प्रवक्ता झाले बताए।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आइतबारसम्मको समय दिएको थियो। पार्टीले बुझाएको सूचीमा रूजु र प्रमाणित गरेपछि आयोगले नै नामहरू सार्वजनिक गर्नेछ।

रास्वपाले समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभामा जाने ५७ जनामध्ये प्रत्यक्षमा जितेका १२५ सहित संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन ४८ जना महिला पठाउनु परेको हो । संसदको सुची तय गर्न बसेको बैठकमा विरामी रहेका पार्टी सभापति रवि लामिछाने भर्चुअल जोडिएका थिए भने बालेन पक्षको सहभागिता थिएन ।

सरकार गठनको प्रक्रियामा अझै करिब १० दिनजति लाग्न सक्ने प्रवक्ता झाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds