विराटनगर । नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ।
शनिबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम टुंगो लगाएको हो ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले क्लस्टर अनुसार समानुपातिक सांसद चयन गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले १६ सिट जितेको छ।
जनजाति क्लस्टरबाट महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ सांसद हुने भएका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यको नाम निश्चित भएको छ ।
यस्तै, खसआर्य क्लस्टरबाट महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) तथा खसआर्य पुरुषमा गुरुप्रसाद बराल र पुष्पराज कंडेलको नाम टुंगो लागेको छ । थारु क्लस्टरबाट कृपाराम राणा, दलित क्लस्टरबाट विष्णुमाया विक र नीता घतानी चयन भएका छन् ।
मधेसी क्लस्टरबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल चयन भएका छन् भने मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी चयन भएकी छन्। एमालेले समानुपातिकतर्फ प्राप्त सिटका आधारमा संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तअनुसार विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गराउँदै सांसद चयन गरेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।