लोड हुँदैछ...

मेनु

सामाजिक सञ्जाल फेसबुकबाटै गोकुल बास्कोटाले तामाङविरुद्ध खोले फायर

सामाजिक सञ्जाल फेसबुकबाटै गोकुल बास्कोटाले तामाङविरुद्ध खोले फायर

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफ्नै पार्टीका अर्का नेता शेरबहादुर तामाङविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत कडा ‘फायर’ खोलेका छन् । नेता तामाङले सार्वजनिक रूपमा आफूमाथि प्रहार गरेको भन्दै बास्कोटाले कडा शब्दमा आक्रोश पोखेका हुन् ।

बास्कोटाले फेसबुकमा स्टाटस लेख्दै तामाङलाई ‘चरम अवसरवादी’ को संज्ञा दिएका छन् । आफ्नो विचार राखेको विषयलाई लिएर तामाङ आफूमाथि जाइलागेको भन्दै बास्कोटाले यसलाई ‘कोदोवारी फाँडेसरह’ को व्यवहार भनी टिप्पणी गरेका छन् ।

तामाङमाथि व्यक्तिगत र राजनीतिक रूपमा आक्रामक बनेका बास्कोटाले लेखेका छन्, “म तपाईँ जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन ।” उनले तामाङलाई पदका लागि बारम्बार गुट बदल्ने र पार्टी फुटाउन समेत पछि नपर्ने पात्रको रूपमा चित्रण गरेका छन् ।

बास्कोटाले तामाङको राजनीतिक इतिहासमाथि नै प्रश्न उठाउँदै वि.सं. २०३८ सालयताको दस्ताबेज हेरेमा तामाङ कति अवसरवादी हुन् भन्ने कुरा प्रस्ट हुने दाबी समेत गरेका छन् । एमालेभित्रका यी दुई नेताबीचको यो पछिल्लो आरोप-प्रत्यारोपले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।