लोड हुँदैछ...

मेनु

विराटनगरमा साढे ११ किलो गाँजासहित दुई भारतीय पक्राउ

विराटनगरमा साढे ११ किलो गाँजासहित दुई भारतीय पक्राउ

विराटनगर । मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह रहेका छन्। उनीहरू शुक्रबार दिउँसो करिब १ बजे उक्त स्थानमा हिँडिरहेका बेला प्रहरीले झोला जाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds