लोड हुँदैछ...

मेनु

झापामा हावाहुरीले रुख लडाउँदा घरमा सुतिरहेकी किशोरीको मृत्यु

झापामा हावाहुरीले रुख लडाउँदा घरमा सुतिरहेकी किशोरीको मृत्यु

झापा । झापाको हल्दिबारीमा गएराति आएको हावाहुरीका कारण रुख ढलेर च्यापिँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै घरमा सुतिरहेका बेला घरमाथि रुख ढल्दा आरतीको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

गएराति चलेको तीव्र गतिको हावाहुरीले घर नजिकैको रुख ढालेको थियो । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । मृतकको परिवार र स्थानीय यतिबेला शोकमा डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।