काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।उनका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
एमाले सचिव पद्मा अर्यालका अनुसार केही दिनदेखि अस्वस्थ रहेका ओलीको भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पताल (मध्यपुर अस्पताल) मा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवास लगिने तयारी गरिएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।
उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सुभचिन्तकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।