लोड हुँदैछ...

मेनु

एमालेद्वारा धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्षमाथि कार्वाही

एमालेद्वारा धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्षमाथि कार्वाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासित गरेको छ।

पार्टी गतिविधि विपरीत काम गरेको आरोपमा जिल्ला कमिटीको विस्तारित बैठकले राईलार्य निष्कासित गर्ने निर्णय गरेको हो ।

गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीििवरुद्ध गतिबिधि गरेको र अन्तरघात गरेको आरोपमा उनीमाथि कार्वाही गरेको एमाले धनकुटाका जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन एमालेले जनाएको छ ।

भीम राईको संयोजकत्वमा गठित समितिमा हिमादेवी भट्टराई र एमपी उपाध्याय सदस्य रहेका छन् । उपाध्यक्ष मुना राईले भने आफूलाई गरिएको भनिएको कारबाहीबारे हालसम्म औपचारिक जानकारी नपाएको बताएकी छन् ।

राईले विगतदेखि नै आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको दाबी गर्दै यदि कारबाही भएको भए त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन्। धनकुटामा प्रतिनिधिसभा निर्वाचनमा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । साँगुरीगढी गाउँपालिकामा भने श्रम संस्कृति पार्टीले भारी मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।