लोड हुँदैछ...

मेनु

अहिलेका कमजोरी नसच्याए अर्को पटक पार्टी सकिन्छ : गोकुल बास्कोटा

अहिलेका कमजोरी नसच्याए अर्को पटक पार्टी सकिन्छ : गोकुल बास्कोटा

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पार्टीले आफ्ना वर्तमान कमी–कमजोरीहरूलाई समयमै नसच्याए आगामी निर्वाचनमा पार्टीको अस्तित्व समाप्त हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनमा पार्टीले निकै कमजोर नतिजा व्यहोरेपछि नेतृत्व र नीतिबारे गम्भीर समीक्षाको माग उठिरहेका बेला बास्कोटाको यस्तो टिप्पणी आएको हो । हालैको निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल २५ सिटको हाराहारीमा मात्रै जित निकाल्न सकेको छ ।

नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै पाँच वर्षअघि नै आफूले तत्कालीन नेकपाको ‘क्लाईमेक्स’ ९उत्कर्ष० र ‘कोल्याप्स’ ९पतन० को समयबारे आँकलन गरेको स्मरण गरेका छन् । वामपन्थी शक्तिहरू एकजुट हुँदा जनतामा अभूतपूर्व उत्साह देखिए तापनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, “पाँच वर्ष अघि मैले भनेको थिएँ– यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो । तर विचार, संगठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर ।”

विगतका अनुभव र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको चर्चा गर्दै उनले अगाडि लेखेका छन्, “सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो । सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ ।”

पार्टीभित्र चुनावी पराजयको समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला पूर्वमन्त्री समेत रहेका बास्कोटाले पार्टीलाई थप क्षतिबाट जोगाउन तत्काल सुधारको आवश्यकता रहेको औंल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।