लोड हुँदैछ...

मेनु

विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जना पक्राउ

विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित १३ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका अभियुक्तहरूको साथबाट प्रहरीले अवैध लागूऔषध गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ९नियन्त्रित० औषधिहरू बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।