विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापामा जिल्लामा खसेको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी मत प्राप्त गरेको छ ।
जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रको मत जोड्दा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ भने नेकपा एमाले दोस्रो र श्रम संंस्कृति पार्टी तेस्रो भएको छ ।
रास्वपाले झापाका पाँच निर्वाचन क्षेत्रबाट कूल २ लाख ४८ हजार १३८ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ नेकपा एमाले दोस्रो स्थानमा रहँदै ५५ हजार २५१ मत ल्याएको छ ।
त्यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ४५ हजार ३२५ मत पाएर तेस्रो भएको छ भने नेपाली काँग्रेसले ३८ हजार १७० मत प्राप्त गरेको छ । यस्तै, राप्रपाले ३० हजार ६८९ समानुपातिक मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले जम्मा ७ हजार ९९८ मत पाएको छ ।
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका छन् । झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरसहित पराजित गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।