लोड हुँदैछ...

मेनु

सुनसरीमा समानुपातिकतर्फ रास्वपा पहिलो बन्दा श्रम सँस्कृति चौथो

सुनसरीमा समानुपातिकतर्फ रास्वपा पहिलो बन्दा श्रम सँस्कृति चौथो

इटहरी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी जिल्लामा खसेको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बन्दा श्रम संस्कृति पार्टी तेस्रो भएको छ ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रको मत जोड्दा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा एमाले चौथो भएको छ ।

प्राप्त विवरण अनुसार रास्वपाले सुनसरीका चार निर्वाचन क्षेत्रबाट कूल १ लाख ७८ हजार ३३३ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै ५२ हजार ३८३ मत ल्याएको छ ।

त्यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ४५ हजार ६९४ मत पाएको छ भने नेकपा एमालेले ३५ हजार ८९२ मत प्राप्त गरेको छ । श्रम संस्कृतिले सुनसरी १ बाटै ३२ हजार २३० समानुपातिक मत पाएको छ । सो क्षेत्रबाट प्रत्यक्षमा पनि पार्टीका सभापति रहेका साम्पाङ विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रले भने १० हजार ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन क्षेत्रअनुसार हेर्दा रास्वपाले चारवटै क्षेत्रमा उल्लेख्य मत ल्याएको देखिन्छ । विशेषगरी क्षेत्र नम्बर २ मा रास्वपाले ५७ हजार ५८१ मत प्राप्त गर्दै सबैभन्दा धेरै मत पाएको छ ।

पाँच लाख ८० हजार ९४५ मतदाता रहेको सुनसरीमा ३ लाख ६९ हजार ६०० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।