विराटनगर । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई पराजित गरेका छन् ।
लिम्बुले १३ हजार ६३२ मत पाएका छन् । नेकपा एमालेका काजीमान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए।
नेकपाका रणबहादुर राईले ७ हजार ६६५ मत पाए । योसँगै कांग्रेसको १८ सीट पुगेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।