विराटनगर । झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि घरैमा कुटपिट भएको छ ।
गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ।
सुवेदीमाथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ । सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको उनले बताए ।
‘उहाँ किन घरमा आउनु भयो ? रिसीइवी के हो ? त्यो पनि थाहा छैन। उनले एक्कासि विवाद गर्दै हातपात गरे ।’ सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।
प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।