लोड हुँदैछ...

मेनु

संखुवासभामा चुनावी रोचक भिडन्त : एमालेका अर्जुन कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा

संखुवासभामा चुनावी रोचक भिडन्त : एमालेका अर्जुन कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा जारी मतगणनाले चुनावी प्रतिस्पर्धालाई निकै रोचक मोडमा पुर्‍याएको छ। पछिल्लो प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाबीच कडा टक्कर देखिएको छ। नेकपा एमालेका कार्की १० हजार ९ सय ९७ मतसहित अग्रस्थानमा ररहेका छन् भने उनलाई रास्वपाका शेर्पाले १० हजार ५ सय ५ मतका साथ पछ्याइरहेका छन् ।

यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम भएकाले चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने कौतुहलता बढेको छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठ ८ हजार ३ सय ३७ मतसहित तेस्रो स्थानमा रहएका छन् । प्रतिस्पर्धामा श्रमसंस्कृति पाटीकि उमा कुमारी राईले ६ हजार ६ सय ७२ मत प्राप्त गरेकि छिन् भने नेकपाकी उम्मेदवार सरिता थापाले २ हजार २ सय ५४ मत पाएकि छिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।