विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ मा रास्वपाका दीपककुमार साह भारी मतअन्तरले अगाडि देखिएका छन् ।
साहले निकटतम प्रतिस्पर्धी काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की २४ हजार ६७१ मतले पछि परेका हुन् ।
हालसम्ममा रास्वपाका साहले ३८ हजार ८३८ मत ल्याएका छन् । काँग्रेसका कार्कीले १४ हजार १६७ र एमालेका जगदिश कुसियैतले ७ हजार २९५ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका महमद महफुज अन्सारीले ३ हजार १३९ मत पाउँदा श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ६७० मत पाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।