लोड हुँदैछ...

मेनु

इलाम १ मा त्रिपक्षीय प्रतिस्पर्धा

इलाम १ मा त्रिपक्षीय प्रतिस्पर्धा

विराटनगर । इलामको क्षेत्र नम्बर १ मा तीन पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

एमालेका काजिमान कागते, श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू र काँग्रेसका निश्कल राईबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको हो ।

हालसम्मको मतपरिणाम अनुसार एमालेका कागतले ७ हजार ९९७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले ७ हजार ७५५ मत पाएका छन् । यस्तै काँग्रेसका निश्कल राईले ७ हजार ४१२ मत पाएका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ४ हजार ६११ र नेपाली कम्युनिष्ट पार्टीका रन बहादुर राईले २ हजार ५२९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।