विराटनगर । सुनसरीको क्षेत्र नम्बर २ बाट रास्वपाका लालविक्रम थापा विजयी बनेका छन् ।
उनले काँग्रेसका राजीव कोइरालालाई फराकिलो मतले पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार थापाले ५७ हजार ३४८ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका काँग्रेसका कोइरालाले १६ हजार ७१ र एमालेका सुजन लामाले ८ हजार ३०३ मत ल्याएका छन् । सो क्षेत्रबाट हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेद्वार चेतन राईले ७ हजार ४८४ मत ल्याए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।