लोड हुँदैछ...

मेनु

सुनसरी १ बाट हर्क साम्पाङ निर्वाचित

सुनसरी १ बाट हर्क साम्पाङ निर्वाचित

विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् ।

राईले ३५ हजार ७४१ मत ल्याउँदै जित दर्ता गरे । यससँगै प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृतिबाट निर्वाचित हुनेको संख्या २ पुगेको छ ।

हर्कका निकटतम् प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङ (सरिन)ले २७ हजार २४९ मत ल्याइन् ।

तेस्रोमा रहेका एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ र नेकपाका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाए ।

प्रतिनिधिसभा निर्वाचन लड्न हर्कले धराउन उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।