लोड हुँदैछ...

मेनु

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल पाँच मतअन्तरले विजयी

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल पाँच मतअन्तरले विजयी

विराटनगर । ओखलढुंगाको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल अत्यन्तै झिनो मतअन्तरले विजयी भएका छन्। भर्खरै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार, पोखरेलले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई मात्र ५ मतको अन्तरले पराजित गर्दै बाजी मारेका हुन्।
निर्वाचित पोखरेलले १३ हजार ९ सय ५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लुइटेलले १३ हजार ९ सय ४८ मत पाएका छन्।
ओखलढुंगामा यसपटक निकै रोचक र प्रतिस्पर्धात्मक भिडन्त देखिएको थियो। मत गणनाको सुरुवाती चरणदेखि नै लुइटेलले अग्रता बनाएका थिए। तर, गणनाको अन्तिम समयमा आएर पोखरेलले अग्रता बढाउँदै लगे र अन्ततः ५ मतको निर्णायक अन्तरले जित हासिल गर्न सफल भए। यस जितसँगै ओखलढुंगामा पनि रास्वपाले आफ्नो उपस्थिति बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।