लोड हुँदैछ...

मेनु

खोटाङमा श्रम संस्कृतिको उदय, आरेन राई विजयी

खोटाङमा श्रम संस्कृतिको उदय, आरेन राई विजयी

विराटनगर । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उभार ल्याइरहेका बेला खोटाङमा भने हर्क साम्पाङको अभियानसँग जोडिएको श्रम संस्कृति पार्टीले ऐतिहासिक खाता खोलेको छ ।

खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई भारी मतान्तरले विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार राईले १६ हजार ६१२ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे । त्यस्तै, नेपाली कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतका साथ तेस्रो स्थानमा रहे ।

निर्वाचनमा चौथो स्थानमा रहेका नेकपाका उम्मेदवार हरि रोक्काले ९ हजार ४४३ मत ल्याए । यता देशभर चर्चामा रहेको ‘घण्टी’ चिन्हका उम्मेदवार भने खोटाङमा निकै पछाडि परेका छन् । रास्वपाका उम्मेदवार रुद्र गिरी ५ हजार ७०४ मत मात्र प्राप्त गर्दै पाँचौं स्थानमा सीमित हुन पुगे । हर्क साम्पाङको श्रम अभियान र कार्यशैलीबाट प्रभावित भएर मतदाताले नयाँ विकल्प रोजेको स्थानीयको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।