लोड हुँदैछ...

मेनु

झापा ५ मा ६८ हजार ३४८ मतसहित बालेन निर्वाचित, करिब ५० हजारको मतान्तर

झापा ५ मा ६८ हजार ३४८ मतसहित बालेन निर्वाचित, करिब ५० हजारको मतान्तर

विराटनगर । झापा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित विजयी भएका छन् ।

शाहले प्राप्त गरेको मत यो निर्वाचनमा कुनैपनि उम्मेदवारले प्राप्त गरेको मतमा सर्वाधिक हो । शाहका निकटतम् प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्मा १८ हजार ७३४ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ ।

२०४८ यताका ६ वटा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका ओलीलाई शाहले सर्मानक रुपमा पराजित गरेका छन् । ओलीलाई यसअघि २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्वदिप लिङ्देनले पराजित गरेका थिए ।

ओली अघिल्लो निर्वाचनमा भारी मतान्तरसहित सोही क्षेत्रबाट निर्वाचित भएका थिए । झापा ५ मा विजेता शाह र ओलीबाहेकक अन्य सबै दलका उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।