लोड हुँदैछ...

मेनु

मोरङ ५ मा रास्वपाकी आशा झा विजयी

मोरङ ५ मा रास्वपाकी आशा झा विजयी

विराटनगर । मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार आशा झा विजयी भएकी छिन् । उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् ।

सो क्षेत्रबाट दोस्रो स्थानमा काँग्रेसका फुलकुमार लालवानी भए । उनले ९ हजार ४१५ मत ल्याउँदा तेस्रो स्थानमा भने जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका शिव कुमार मंडलले ८ हजार ६१४, नेकपा एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।