लोड हुँदैछ...

मेनु

मतपेटीका संकलन सकिएसँगै संखुवासभामा मतगणना सुरु

मतपेटीका संकलन सकिएसँगै संखुवासभामा मतगणना सुरु

विराटनगर । संखुवासभामा मतगणनाका सुरु भएको छ । बिहान १२ः१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला सुरु भएको हो ।

जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ । भौगोलिक रूपमा दुर्गम तथा विकट मानिएको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रका मतपेटिका ढिला आइपुगेका कारण मतगणना शनिबार दिउँसोदेखि गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको यस जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका पैदल मार्ग र सडक मार्गबाट मतपेटिका गणनास्थलमा ल्याइएको थियो । मत गणनास्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।

मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । १०९ मतदानस्थलका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।

जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेकोमा ६३ हजार ६३४ मत खसेको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत(साधन व्यवस्थापन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।